
काठमाडौं । पछिल्लाे २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरिएको ७४३ पीसीआर परीक्षणमा ४५ जना र ९८० एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
कोरोनाका कारण पछिल्लाे २४ घण्टामा कसैको मृत्यु नभएको मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै, साेही अवधिमा थप २२ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ५९८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया