Pura Samachar

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने

प्रकाशित: October 13, 2022
पूरा समाचार

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने

काठमाडाैं । हाल नेपालमा भारतकाे हरियाणा आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिहीवार देशभर आंशिकदेखि सामान्य बदली  रहने महाशाखाकाे पूर्वानुमान छ।

प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र बागमती  प्रदेशका थोरै  स्थानहरूमा र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया