
एजेन्सी – कप्तान बाबर आजम र मोहम्मद रिजवान चम्कदा पाकिस्तानले त्रिकोणात्मक टि२० आई सिरिजमा बंगलादेशमाथि ७ विकेटको सानदार जित हात पारेको छ ।जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका बाबर आजमले ४० बलमा ९ चौकासहित ५५ रन बनाए । मोहम्मद रिजवानले ५६ बलमा ४ चौकासहित सर्वाधिक ६९ रन बनाए ।
पहिलो विकेटका लागि रिजवान र बाबरले १२.३ ओभरमा १ सय १ रनको शतकीय साझेदारी जितको आधार तय गरेका थिए । मोहम्मद नवाजले २० बलमा ५ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे । बंगलादेशका हसन मोहम्मदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सौम्य सकारले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । बंगलादेशका लिटन दासले ४२ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक सर्वाधिक ६९ रन बनाए । कप्तान सकिब अल हसनले ४२ बलमा ७ चौका र ३ छक्कासहित ६८ रनको योगदान दिए ।
तेस्रो विकेटका लागि दास र हसनले ८८ रनको साझेदारी गरेका थिए । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका नसिम शाहले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मोहम्मद वासिम जुनियरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।
फाइनलमा न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । ४ खेलमा समान ६ अंक भएपनि न्युजिल्यान्ड नेटरनरेटको आधारमा शीर्ष स्थानमा रह्यो । बंगलादेश भने जित विहीन हुँदै बाहिरियो ।
प्रतिक्रिया