काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा फेरि समस्या देखिएपछि सघन उपचार कक्षमा सारिएकाे छ ।
हिजाे (बुधवार) स्वास्थ्यमा सुधार भएपछि क्याबिनमा राखेर उपचार भइरहेकाेमा बिहीवार पुन: स्वास्थ्यमा समस्य देखिएपछि सघन उपचार कक्षमा उपचार शुरू गरिएकाे हाे ।
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख प्राडा सुरज बज्राचार्यका अनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर थप उपचार थालिएको छ ।
स्वास्थ्य अवस्था केही सुधार भएपछि हिजो उहाँलाई आईसीयूबाट क्याबिन सारिएको थियो ।
अहिले जोशीलाई प्रतिमिनेट ३० लिटर हाइफ्लो अक्सिजन दिनुपरेको अस्पतालले जारी गरेकाे स्वास्थ्य बुलेटिनमा जनाइएकाे छ ।
शताब्दी पुरूष जोशीमा डेंगु संक्रमण भएपछि किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएकाे हाे ।
प्रतिक्रिया