Pura Samachar

देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

प्रकाशित: October 13, 2022
पूरा समाचार

देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८६ जनाको नमूना परीक्षण गरिएको थियो ।

७ सय २५ जनाको पीसीआर र १ हजार ६१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय २२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया