
काठमाडाैं । बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका १७ परस्पुरस्थित सडकमा अनटेस्ट लेखिएको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक जानकी गाउँपालिका १ बस्ने २५ वर्षीय राजेश यादव अहिरको घटनास्थलमै मृत्यु भएको छ।
कैलाली, धनगढी उपमहानगरपालिका १३ कैलालीगाउँस्थित सडकमा से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालीमा परी शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३१ वर्षीय दुर्गा ओझाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया