
एजेन्सी – पाकिस्तानले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा घरेलु टोली न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो ।पाकिस्तानका मोहम्मद नवाजले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहँदै खेल सकाए । युवा ब्याटर हैदर अली १५ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भएका थिए ।जित्यो
मोहम्मद रिजवान २९ बलमा ४ चौकासहित ३४ रनमा आउट भए । बाबर आजम १५ र शन मकसुद २१ रनमा आउट भए । इफ्तिखर अहमदले १४ बलमा १ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे ।
न्युजिल्यान्डका माइकल ब्रेसवेलले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । टिम साउथी, ईश सोधी र ब्लेयर टिनकरले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो ।
कप्तान केन विलियम्सनले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए । फबिएन एलेन १२, डेभन कन्वे १४, ग्लेन फिलिप्स २५ र मार्क च्यापम्यान २५ र जेम्श निसमले १७ रन बनाए ।
पाकिस्तानका नसिम शाहले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । शादव खान र मोहम्मद नवाजले एक एक विकेट लिए । त्रिकोणात्मक सिरिजमा पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेशबीच भएको थियो ।
प्रतिक्रिया