शुक्रबार नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकाको अवस्थामा पुर्याउन सकिने बताए । उनले अहिले श्रीलंकाको ३९ सय प्रतिव्यक्ति आय रहेको उल्लेख
वाग्लेले नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व विस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने जिकिर गरे । उनले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भएपनि त्यस्तो हुन नसकेको उल्लेख गरे ।
वाग्लेले त्यस्तो हुन नसक्नु युवाहरूलाई राजनीतिमा आउन झ्याल ढोका नै बन्द गर्ने भएकाले खतराको अवस्था देखिएको बताए । उनले योजना, भूराजनीतिक अवस्था,पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व नभएको बताए । अहिले ११ जना युवाले काम गरेर १ जना वृद्धा पाल्नुपर्ने अवस्था भएपनि सन् २०५० पछि चार जना युवाले काम गरेर १ जना वृद्धालाई पाल्नुपर्ने अवस्था हुने उनकाे भनाइ छ ।
उनले अहिले जिडिपीको अनुपातमा उद्योगहरूको योगदान ५ प्रतिशत रहेको भन्दै कम्तिमा १२ देखि २५ प्रतिशतसम्म पुर्याउनुपर्ने जिकिर गरे । वाग्लेले नेपाल उद्योग विस्तारभन्दा पनि नाङ्ले व्यापारमा लागेको भन्दै अन्य देशमा सेवा क्षेत्रभन्दा साथ लेखा परीक्षक, टेलिकम, ढुवानी,बैंकिङ र आर्किटेक्टहरू भनेर बुझ्ने बताए ।













प्रतिक्रिया