Pura Samachar

देशभर पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

प्रकाशित: October 15, 2022
पूरा समाचार

देशभर पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७सय ६३ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ७सय ६३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार १६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया