Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: October 17, 2022
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ ।

हिजो सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया