
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपिसीआर तथा एन्टीजेन विधिबाट १ हजार ५सय १० गरिएको परिक्षणबाट ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित ४६ जनामध्ये ४० जना आरटीपिसीआर र ६ जना एन्टीजेन विधिबाट फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १७ संक्रमित निकाे भएका छन् भने कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन् ।
हाल देशभर ७ सय ४० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया