Pura Samachar

सुनचाँदीको मूल्य घटयो

प्रकाशित: October 20, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य घटयो

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ सयले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बिहीबार ५ रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया