
काठमाडौं । सत्ता गठबन्धनविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदै आएको निर्वाचन आयोगको गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सर्वोच्चले शुक्रवार सदर गरेको हो ।
सर्बोच्चले यसअघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरेको छ । आयोगले बैंकिङ कसूरको आरोपमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । त्यसविरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
शुक्रवार दुवै पक्षको वहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरित देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने फैसला सुनाएको हो । सर्वोच्चको यो आदेशसँगै गुरुङको उम्मेदवारी औपचारिक रुपमा खारेज भएको छ ।
प्रतिक्रिया