Pura Samachar

आज सत्ता गठबन्धनको चुनावी सभा मधेश प्रदेश र प्रदेश १ मा हुने

प्रकाशित: October 22, 2022
पूरा समाचार

आज सत्ता गठबन्धनको चुनावी सभा मधेश प्रदेश  र प्रदेश १ मा हुने

काठमाडाैं ।  सत्ता गठबन्धनको चुनावी सभा आज  मधेश र प्रदेश १ मा हुने भएकाे छ । गठबन्धन स्राेत अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त सभा गर्न लागिएकाे हाे ।

कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु विराटनगर र जनकपुर जानुहुने बताइएकाे छ ।

सभालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संबाेधन गर्ने जनाइएकाे छ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर गठबन्धनले संयुक्त चुनावी सभा गरिरहेकाे छ ।

प्रतिक्रिया