
मोरङ कारागारमा जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङबाट कैदी जीवन बिताइरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । केराबारी गाउँपालिका १ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको हो । कारागारका निमित्त जेलर तुलसीराम भगतले डिकबहादुरलाई मुटु तथा पेटसम्बन्धी समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा भर्ना गराएर उपचार गरिएको थियो । जिल्ला अदालत मोरङले जबरजस्ती करणी मुद्दामा विकलाई २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।
प्रतिक्रिया