
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइँयो ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई २ दिन म्याद थप लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।
जाहेरी परेसँगै नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछाने निलम्बनमा परेका थिए। असोज २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए।
प्रतिक्रिया