Pura Samachar

आज सेयर बजार १४.३५ अंकले बढयो

प्रकाशित: October 23, 2022
पूरा समाचार

आज सेयर बजार १४.३५ अंकले बढयो

काठमाडौं । तिहार अघिको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको । आईतबार सेयर बजार १४.३५ अंकले बढेको हो ।

आज नेप्से परिसुचक १८५८.४९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बजार बढ्दा पनि कारोबार रकम बढेको छैन । उक्त दिन ५१ करोड ६८ लाख ३ हजार बराबरको कारोबार भएको छ ।

उक्त दिन २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच भएको छ । आज १३ वटा उपसूचकमा एघार वटा उपसूचक हरियाली भएका छन् ।

प्रतिक्रिया