
काठमाडौं – अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो खेलमै जित दर्ता गराएको छ।
सुपर १२ को समूह २ अन्तर्गत सोमबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ रनले पराजित गर्दै बंगलादेशले पहिलो खेलमै जिता हात पारेको हो।
बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले अन्तिम बलका सबै विकेट गुमाउँदै १३५ रनमात्र बनाउन सक्यो।
नेदरल्याण्ड्सका लागि कोलिन अकेरमन सर्वाधिक ६२ रन बनाए पनि आफ्नो टोलीलाई जिताउन सकेनन्।
प्रतिक्रिया