Pura Samachar
  • पर्यटन ब्युँताउन सात वटै प्रदेशमा छुट्टाछुट्टै ट्राभल मार्ट

    प्रकाशित: १ महिना पहिले

    पर्यटन ब्युँताउन सात वटै प्रदेशमा छुट्टाछुट्टै ट्राभल मार्ट

    ८ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लिएका कदमले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको पुनउर्द्धारका लागि सात वटै प्रदेशमा ट्राभल मार्ट आयोजना हुने भएको छ ।

    नेपाल पर्यटन बोर्डले आफ्नो वाषिर्क नीति तथा कार्यक्रम र बजेटमा यस्तो योजना समेटेको हो । प्रदेश भित्र रहेका पर्यटकीय सम्भावनाको उजागर गर्न र त्यसलाई पर्यटकीय उत्पादनका रुपमा बजारीकरण गर्न यस्तो मार्ट महत्वपूर्ण हुने विश्वास बोर्डको छ ।

    हरेक ट्राभल मार्टमा खर्च हुने गरी चालु आर्थिक वर्षका लागि बोर्डले २०/२० लाख रुपैयाँ बजेट छुट्याएको छ । मार्टले आन्तरिक र बाहृय पर्यटक आकषिर्त गर्न सहयोग पुग्ने अपेक्षा बोर्डको छ । यी मार्टहरु प्रदेश सरकार र प्रदेश पर्यटन मन्त्रालयसँगको समन्वयमा आयोजना हुने भएका छन् ।

    यस्तो छ प्रदेशगत रुपमा आयोजना हुने मार्टको विवरण

    प्रदेश नं १ : इस्ट ट्राभल मार्ट

    प्रदेश नं २ : मिथिला ट्राभल मार्ट

    बागमती : बागमती ट्राभल मार्ट

    प्रदेश नं ५ : लुम्बिनी ट्राभल मार्ट

    कर्णाली प्रदेश : कर्णाली ट्राभल मार्ट

    सुदुरपश्चितम प्रदेश : वेस्ट ट्राभल मार्ट

    केन्द्रमा आधा दर्जन मार्ट तथा समिट

    यो वर्ष केन्द्रीय स्तरमा समेत करीव आधा दर्जन मार्ट र समिट आयोजना गरिने भएको छ ।

    कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई जिवित राख्न हिमालयन ट्राभल मार्ट, बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, एभरेष्ट समिटर्स समिट, धार्मिक पर्यटन समिट, हेरिटेज, आर्ट तथा कल्चर टुरिज्म मार्ट यो वर्ष आयोजना हुने भएका छन् ।

    प्रतिक्रिया