Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: October 30, 2022
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार १ हजारले घट्दै सुरू भएको जनाएको छ ।आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको कारोबार तोलाको १२ सय रुपैयाँमा भइरहेको छ ।

प्रतिक्रिया