
काठमाडौं । पाँचौं संस्करणको प्रधानमन्त्री एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा आईतबार भएको आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई १९२ रनले पराजित गर्दै पुलसले विजयी शुरुवात गरेको हो ।
जितका लागि पुलिसले दिएको २९० रनको लक्ष्य पछ्याएको बागती प्रदेश २८ ओभरमा अलआउट हुँदै ९७ रनमा रनमा समेटिन पुग्यो । बागमतीका लागि इशान पाण्डेले बनाएको २४ रन नै सर्वाधिक रह्यो । उनले ४७ बलमा २ चौका र १ छक्काकोसहित २४ रन बनाउँदा रामनरेश गिरीले २३ बलमा १ छक्काको मद्दतले २२ रन बनाएर अविजित रहे । यस्तै पर्तिस जिसीले १२ बलमा २ छक्कासहित १४ रन बनाए ।
पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरिले ३ विकेट हात पार्दा करण केसी गुलसन झा र सागर ढकालले समान २-२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २८९ रन बनाएको थियो ।
पुलिसका लागि कप्तान तथा ब्याट्सम्यान दीपेन्द्रले ८२ बलमा ११ चौका र ४ छक्कासहित सर्वाधिक १०८ रनको शतकीय इनिङ खेले । उनले ७७ बलमा ११ चौका र ३ छक्कासहित शतक पुरा गरेका थिए।
यससँगै आज (आईतबार) बाट शुरु भएको प्रधानमन्त्री कपमा शतक पुरा गर्ने दीपेन्द्र पहिलो खेलाडी बनेका छन् । दीपेन्द्र खेलको प्लेयर अफ द म्याच घोषित भए । यससँगै उनले ५ हजार प्राप्त गरेका छन् ।
यस्तै सुनिल धमलाले २३ बलमा ५ चौका र १ छक्कासहि ३७ रन बनाउँदा कुशल भुर्तेलले पनि ७२ बलमा ४ चौकासहित ३७ रन नै जोडे । दीलिप नाथ १२ तथा पवन सरार्फ १५ रनमा अविजित रहे।
बलिङ्गतर्फ बागमतीका नन्दन यादवले २ विकेट हात पार्दा रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले समान १-१ विकेट लिए । जितसँगै समूह बी को पुलिसले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ ।
१० टोलीको सहभागिता रहेको यस पटकको प्रधानमन्त्री कपमा सहभागी टोलीलाई दुई मसूहमा विभाजन गरिएको छ । विभाजन अनुसार समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।
यस्तै समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगितको फाइनल खेल कार्तिक २६ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्दा उपविजेता टोलीले ५ लाख पाउनेछन् भने सेमिफाइनलमा पुग्ने टोलीले ५०(५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।
यस्तै प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्नेछन् भने प्रतियोगिताका उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । त्यसैगरी प्लेयर अफ द म्याचले ५ हजार पाउनेछन् ।
प्रतियोगिताका संचालनका लागि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले ६० लाख बजेज विनियोज गरेको छ भने अन्य रकम क्यानले आन्तरिक श्रोतबाट जुटाउने छ । प्रतियोगिता सफलताका लागि कुल १ करोड ५० लाख बजेट लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया