Pura Samachar

नेप्से परिसूचक १६.३९ अंकले बढेर हरियाली

प्रकाशित: October 31, 2022
पूरा समाचार

नेप्से परिसूचक १६.३९ अंकले बढेर हरियाली

काठमाडौं । तिहार विदा पछिको आज पहिलो शेयर कारोबारको दिन नेप्से परिसूचक १६.३९ अंकले बढेर हरियाली छाएको छ ।
आज नेप्से सूचाङ्क शुन्य दशमलव ८८ प्रतिशतले बढेर १८७४.८७ विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा सुधार देखिएसँगै आज ६९ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक एनआइसी एशिया बैंकको ६ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एभरेष्ट बैंकको ४ करोड ३९ लाख, नबिल बैंकको ३ करोड ८० लाख, प्रभु बैंकको २ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको १ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । समग्रमा आज सर्वाधिक कमर्सियल बैंकहरुको बढी कारोबार भएको छ ।

प्रतिक्रिया