Pura Samachar

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत–साधन प्रयोग गरेर डडेल्धुरा जान अनुमति

प्रकाशित: November 2, 2022
पूरा समाचार

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत–साधन प्रयोग गरेर डडेल्धुरा जान अनुमति

काठमाडौं– निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत–साधन प्रयोग गरेर डडेल्धुरा जान अनुमति दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो।

आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै र सरकारी स्रोत–साधन प्रयोग नगरी गृहजिल्ला डडेल्धुरा जान देउवालाई स्वीकृति दिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

उनले भने, ‘प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान रोक लगाएको होइन। सरकारी स्रोत–साधन प्रयोग नगरी र आचारसंहिता उल्लंघन नहुने गरी चुनाव प्रचारका लागि जान अनुमति दिइएको हो।’

आयोगले सोहीअनुसारको पत्र प्रधानमन्त्री देउवालाई पठाएको छ। आयोगको सो निर्णयपछि प्रधानमन्त्री देउवा सरकारी स्रोत–साधन प्रयोग नगरी डडेल्धुरा जान पाउनेछन्।

प्रतिक्रिया