Pura Samachar

भारत सेमिफाइनल नजिक

प्रकाशित: November 2, 2022
पूरा समाचार

भारत सेमिफाइनल नजिक

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले हराउँदै सेमिफाइनल नजिक पुगेको छ ।जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । बंगलादेशका ओपनर लिटन दासले २७ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए ।

बंगलादेशलाई अन्तिम ओभरमा जितको लागि २० रन चाहिँएको थियो । तर अर्धशदीप सिंहले १४ रन खर्चिदै जित पक्का गराए । नुरुल हसन १४ बलमा २ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे । तस्किन अहमद ७ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे ।

जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ७ ओभरमा ६६ रन जोड्दै सानदार सुरुवात गरेको थियो । त्यो समय वर्षाको कारण खेल रोकिएपछि १६ ओभरमा बंगलादेशले १ सय ५१ रन बनाउनु पर्ने भएको थियो । तर वर्षापछि भने बंगलादेशले राम्रो गर्न सकेन ।

तर खेल सुरु भएको दोस्रो बलमै लिटन दास दुई रन लिनेक्रममा रन आउट भए । लोकेश राहुलले डाइरेक्ट थ्रोमा स्टम्प ताकेपछि दास पेभेलिएन फर्किनु परेको हो । त्यो विकेट बंगलादेशको लागि घातक बन्यो । त्यसपछि बंगलादेशले लगातार विकेट गुमाएको थियो ।

बंगलादेशका सकिब अल हसन १३, अफिफ हुसैन र मोसाद्देक ६ रनमा आउट भए । भारतका हार्दिक पान्ड्याले ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले एक विकेट लिए ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । भारतका विराट कोहलीले ४४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे ।

क्रमश ः प्लस २.२२३, प्लस ०.५४७ र माइनस ०.३०४ छ ।

श्रीलंका ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड ४ खेलमा २ मा हार र १ मा जितसहित ३ अंकका साथ पाँचौं स्थानमा छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हासहित पुछारमा रहँदै बाहिरि सकेको छ ।

सुपर १२ को समूह बी मा भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेश ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

जिम्बावे ४ खेलमा १ मा जित, २ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । पाकिस्तान ३ खेलमा २ अंकका साथ पाँचौं स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ३ मा हार र १ मा जितका साथ पुछारमा छ ।

प्रतिक्रिया