Pura Samachar

सुनचाँदी मूल्य घटयाे

प्रकाशित: November 3, 2022
पूरा समाचार

सुनचाँदी  मूल्य घटयाे

काठमाडौं- बिहीबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। बुधबार तुलनामा सुनको मूल्य ४ सय र चाँदीको मूल्य १० रुपैयाँ घटेको हो।

बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा काराबोर भएको थियो। बिहीबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ घटेर ९३ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको हो। बिहीबारका लागि चाँदीको मूल्य १२ सय १५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया