Pura Samachar

इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट

प्रकाशित: November 3, 2022
पूरा समाचार

इस्टर्न हाइड्रोपावरको आइपीओ  बाँडफाँट

कम्पनीका कर्मचारीहरूबाट एक हजार ८०१ कित्ता सेयरका लागि आवेदन नपरेपछि उक्त सेयर पनि सर्वसाधारणलाई थप गरी बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ । आइपीओमा कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएकामा एक हजार ९९६ जनाको आवेदन रद्द भएको थियो ।

इस्टर्नले २८ असोजदेखि २ कात्तिकसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

आइपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र निष्कासनकर्ता इस्टर्न हाइड्रोपावरको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया