काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमराज खानमाथि गोली प्रहार गर्नेमध्ये एकजना मारिएका छन् । अर्का एकजनालाई पक्राउ गरेर हिरासत लगिएको अल्जजिराले जनाएको छ ।
इमरानका वरिष्ठ सहयोगी रउफ हसनले भनेका छन्, “यो उहाँलाई मार्ने प्रयास थियो,” हसनले भने ।
गोली उनको खुट्टामा लागेको थियो । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
सत्तरी वर्षीय इमरान तत्काल चुनाव हुनुपर्ने माग गर्दै राजधानी इस्लामावादमा एउटा र्यालीको नेतृत्व गरिरहेका थिए ।
प्रतिक्रिया