उसका लागि ग्लेन म्याक्सवेलले शानदार ब्याटिङ गरे। उनले ३२ बलमा ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक नटआउट ५४ रनको योगदान दिए। यस्तै, मिचेल मार्शले ४५ तथा डेविड वार्नर र मार्कस स्टोइनिसले २५–२५ रन जोडे।
कप्तान म्याथ्यू वेड ६, स्टिभ स्मिथ ४, क्यामरन ग्रीन २, केन रिचर्डसन १ र प्याट कमिन्स शून्य रनमा आउट भए। एडम जाम्पाले नटआउट १ रन बनाए। अफगानिस्तानका लागि नवीन–उल–हकले ३, फजलहक फारुकीले २ तथा मुजीब उर रहमान र राशिद खानले १–१ विकेट लिए।
सेमिफाइनल पुग्नका लागि अष्ट्रेलियाले आज फराकिलो जित निकाल्नुपर्नेछ। अफगानिस्तान भने प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ।
अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आयरल्याण्डविरुद्ध न्यूजिल्याण्ड ३५ रनले विजयी भएको छ। शुक्रबार एडिलेडमा न्यूजिल्याण्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो।
उसका लागि पउल स्टर्लिंङले ३७, कप्तान एन्डी बालबर्नीले ३०, जर्ज डकरेलले २३, लोर्कन टकरले १३ र ग्यारेथ डेलानीले १० रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्। न्यूजिल्याण्डका लागि लोकी फर्ग्युसनले ३ तथा मिचेल सान्टनर ईश सोढी र टिम साउथीले २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो। उसका लागि कप्तान केन विलियम्सनले अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ६१ रनको योगदान दिए।
यस्तै, फिन एलेनले ३२, डायरिल मिचेलले अविजित ३१, डेभन कन्वेले २८ र ग्लेन फिलिप्सले १७ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा रन बताउन सकेनन्। आयरल्याण्डका लागि जोश लिटिलले ह्याटिङ विकेट लिए।
उनले १९औँ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिँदै ह्याटिङ पूरा गरे। उनले क्रमशः विलियम्सन, जीमी निशम र मिचेल सान्टनरको विकेट लिएका हुन्। यस्तै, ग्यारेथ डेलानीले २ र मार्क एडेयरले १ विकेट लिए।
जारी प्रतियोगितामा ह्याट्रिक लिने लिटिल दोस्रो बलर हुन्। यसअघि यहीँ प्रतियोगितामा यूएईका कार्तिक मयप्पनले ह्याट्रिक लिएका थिए। समग्रमा लिटिल टी–२० विश्वकपमा ह्याट्रिक लिने छैटौं खेलाडी हुन्। टी–२० विश्वकपमा ह्याट्रिक लिने उनी आयरल्याण्डका दोस्रो बलर हुन्। यसअघि आयरल्याण्डबाट कर्टिस क्याम्फरले ह्याट्रिक लिइसकेका छन्।
यस जितसँगै न्यूजिल्याण्ड सुपर १२ को समूह १ बाट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। जारी संस्करणको विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिमसमेत बनेको छ। न्यूजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा यथावत् छ। उसले पाँच खेलमा ७ अंक जोडेको छ। न्यूजिल्याण्डको नेटरनरेट प्लस २.११३ छ।
इंग्ल्याण्ड र अष्ट्रेलिया समान ५–५ अंक भएपनि नेटरनरेटको कारण दोस्रो र तेस्रो स्थानमा छन्। इंग्ल्याण्डको नेटरनरेट ०.५४७ छ। अष्ट्रेलियाको माइनस ०.३०४ छ। इंग्ल्याण्ड र अष्ट्रेलिया विजयी हुँदा समान ७ अंक हुन्छ। नेटरनरेटमा न्यूजिल्याण्डको निकै अगाडि रहेकाले ऊ अनौपचारीक रूपमा सेमिफाइनलमा पुगेको हो।













प्रतिक्रिया