Pura Samachar

थप २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

प्रकाशित: November 5, 2022
पूरा समाचार

थप २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७९ जनाको नमूना परीक्षण गरिएको थियो ।

१२ सय ४९ जनाको पीसीआर र ६सय ६० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २८ जनामा  पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार  १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया