
काठमाडौं– नेपालमा अझै ५ सय ७२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४ जना नयाँ संक्रमित थपिएका छन् ।
यो अवधिमा ५ सय १९ जनाको पीसीआर गर्दा १२ जनामा तथा ६ सय ३१ को एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा १५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ६६ हजार १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया