Pura Samachar

कतार विश्वकपको खेल तालिका

प्रकाशित: November 8, 2022
पूरा समाचार

कतार विश्वकपको खेल तालिका

काठमाडौं । कतारमा हुने विश्वकप फुटबलको सबैभन्दा ठूलो विशेषता हो, महँगो विश्वकप । विश्वास गरौं, महँगो विश्वकप उत्तिकै भव्य पनि हुनेछ । अझ कतारको दाबी त के सम्म छ भने विश्वकप त्यति भव्य हुनेछ, जति कसैले कल्पना मात्र गर्न सक्छन् ।

कतारले नयाँ रंगशालाहरूका लागि मात्र भनेर साढे ६ अर्ब डलर खर्च गरेको छ । विश्वकपकै लागि भनेर कतारले त्यस्तो मेट्रो सेवा सुरु गरेको छ, जसलाई ड्राइभर आवश्यक नै पर्दैन । बाटो–बाटोमा रहने ‘ल्याम्प’ पनि कस्ता छन् भने तिनले रुपमा झल्को दिनेछ ।

कतारको अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्य दोहासम्म सजिलै पुग्न सकिनेछ । विश्वकप पहिलोपल्ट अरब देशमा हुन लागेको छ, त्यसैले कतारले त्यसलाई वास्तवमै भव्य बनाउन कुनै कन्ज्युस्याइँ गरेको छैन ।

कतारको चाहना के छ भने अहिलेको विश्वकप यस्तो होस्, जसलाई धेरै–धेरै पछिसम्म पनि सबैले सम्झिराखुन् । यसले छाड्ने छाप सधैंका लागि सम्झनलायक होस् ।

समुह विभाजन
समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स
समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया
समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान
समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र क्रोएसिया
समूह ‘जी’ – ब्राजिल, सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’ – पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

प्रतिक्रिया