
आईसीसी टी २० विश्वकप २०२२ को पहिलो सेमफिाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ ।
अष्ट्रेलीयाको सिड्नीमा जारी विश्वकपको पहिलो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ्ग गर्दै न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रनको योगफल तयार पार्याे
उसका लागि ड्यारिल मिचेलले नटआउट ५३ र कप्तान केन विलियम्सनले ४६ रन बनाए ।
पाकिस्तानका लागि बलिङ्गमा शाहिन शाह अफ्रिदीले २ तथा मोहमद नवाजले एक विकेट लिए ।
पाकिस्तान समूह २ को उपविजेता र न्युजिल्याण्ड समूह १ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए ।
आजको विजेताले फाइनलमा भोलि हुने भारत र इङ्गल्याण्डविचको दोश्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको फाइनल खेल नोभम्बर १३ तारिखमा हुनेछ ।
प्रतिक्रिया