Pura Samachar

म्यानचेस्टर सिटी कारवाओ कपकाे अर्काे चरणमा प्रवेश

प्रकाशित: November 10, 2022
पूरा समाचार

म्यानचेस्टर सिटी कारवाओ कपकाे अर्काे चरणमा प्रवेश

एजेन्सी – म्यानचेस्टर सिटीले इएफएल कप अर्थात् कारवाओ कपमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीमाथि सहज जित निकाल्दै अर्काे चरणमा प्रवेश गरेको छ ।

सिटीले घरेलु मैदानमा चेल्सीलाई २–० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको हो । सिटीको सहज जितमा रियाद महारेज र जुलियन अल्भारेजले गोल गरे ।

इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा चेल्सीले घरेलु टोली सिटीलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न नसक्दा हार बेहार्न पुग्यो । सिटीले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै जित पक्का ग¥यो ।

५३औं मिनेटमा रियाद महारेजको गोलबाट अग्रता बनाएको सिटीले ५८औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट जित सुनिश्चित ग¥यो ।

इएफएल कपकै अर्काे खेलमा न्यूक्यासलले क्रिस्टल प्यालेसलाई तथा साउथह्याम्टनले सेफ वेनस्डेलाई टाइब्रेकरमा हराएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तै नटिङहम फरेस्टले टोटेनहमलाई २–० ले तथा वल्भ्सले लिड्सलाई १–० ले पराजित गरेको छ । ब्ल्याकबर्नले वेस्ट ह्यामलाई टाइब्रेकरमै निराश पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया