Pura Samachar

मानव बेचबिखन तथा दुरुपयोग रोक्न जनचेतना फैलाउ

प्रकाशित: September 26, 2020

मानव बेचबिखन तथा दुरुपयोग रोक्न जनचेतना फैलाउ

✍️ डा. आर उपाध्याय

मानव बेचबिखनका समाचार बिभिन्न संचार माध्यममा आएका छन । ती समाचार पढ्दा, सुन्दा अनि टेलिभिजनमा देख्दा ज्यादै दुख्ख लागेको छ । मानव बेचबिखन नियन्त्रण गर्न सरकार लागेको त छ तर त्यति प्रभावकारी ढंगले लागेको देखिदैन । दलालहरूले सामान्य नागरिकलाई ललाइफकाइ सिमाना कटाउने गरेका समाचार आउछन । ती समाचारले चसक्क मन पोल्छ । अनि केहि लेखौ जस्तो लाग्छ । छिमेकी भारत तथा अन्य मुलुक पुर्‍याएर दलालहरुले आफूअनुकूल प्रयोग गर्ने धन्दा चलाएका छन । यो क्रम अझै रोकिएको छैन। महिला तथा बालबालिकाहरु बेचिएका छन । कतिपय घटनाबारे समयमै थाहा पाएर प्रहरीले उद्धार गरेको समाचार पनि आउछ । मीठा प्रलोभन देखाएर दलालहरुले महिला तथा बालबालिकाहरुलार्इृ सीमाना कटाउने गरेका छन । यो ठूलो अपराध हो , यसको नियन्त्रणका लागी सरकारले प्रभावकारी भूमिका खेल्नु पर्ने देखिएको छ । थुप्रै महिला तथा बालबालिकाहरुलाई कष्टकर जीवन बिताउन बाध्य पारिएको छ।
हालै मात्र सुनसरीकी एक किशोरी सम्भावित मानव बलिको जोखिमबाट उम्केको समाचार आयो ।
मानव बेचबिखन निर्मूल गर्न नेपाल सरकारले तीन दशकदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो क्षेत्रमा क्रियाशील सामाजिक संघ , संस्थाहरु पनि धेरै छन । तर पनि सबै प्रकारका नागरिक बर्सेनि बेचबिखनमा पर्ने गरेका समाचार आइरहेका छन । थुप्रै नागरिक बेचबिखनको जोखिममा पर्नु भनेको दुखद पक्ष हो । बेचबिखनमा विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिक पर्ने गरेका छन्। अशिक्षाको कारणले यो समस्या निम्तिएको हो । बेरोजगारी समस्याले गर्दा यी समस्या निम्त्याइरहेको छ । हाम्रो देशमा शिक्षित व्यक्तिहरु समेत बेरोजगार छन । बेरोजगारका कारण अपराध कार्यमा लाग्नेको संख्या बढिरहेको छ। यस्तो विकृति मौलाउनुको मूल कारण बेरोजगारी समस्या हो । पक्राउ परेका दलाललाई कडा भन्दा कडा सजाँय हुनु पर्छ । त्यसो भयो भने मात्र यस्ता कार्यहरु निर्मूल हुन सक्छन । स्थानीय तहबाटै मानव बेचबिखन तथा दुरुपयोग रोक्न जनचेतना फैलाउदै जानु पर्छ । तीनै तहका सरकारले यो बिषमा गम्भिरता देखाउनु पर्ने आबश्यकता छ ।
मानव बेचबिखनका लागि सरकारले विमानस्थल तथा छिमेकी मुलुकका नाकामा हेल्प डेस्क राखेको छ। तर यीभन्दा फरक नाका प्रयोग गरेर नागरिक बेचबिखन हुने गरेको पाईन्छ । सडकमार्ग हुँदै भारतसम्म पुर्‍याउने र अन्य मुलुक पुर्‍याउने धन्दा बढिरहेको छ । अव यस बिषयमा जनचेनतना फैलाउनु पर्ने आबश्यकता देखियो । जनचेनतना फैलाउन सकियो भने मात्रै यस्ता घटना निर्मूल पार्न सकिन्छ।

प्रतिक्रिया