Pura Samachar

साफ यू-१५ महिला च्याम्पियनसिप: नेपालले आज घरेलु टोली बंगलादेशको सामना गर्दै

प्रकाशित: November 11, 2022
पूरा समाचार

साफ यू-१५ महिला च्याम्पियनसिप:  नेपालले आज  घरेलु टोली बंगलादेशको सामना गर्दै

काठमाडौं । साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार घरेलु टोली बंगलादेशको सामना गर्दैछ ।

नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्न लागेको हो । ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो । किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ ।

नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ । तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन ।

नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । तर, बंगलादेशलाई भने फराकिलो जित आवश्यक छ ।

यस अघिको भेटमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो । यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १-० को जित निकालेको थियो ।

बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८-०  र दोस्रो भेटमा ९-० को जित निकालेको छ । भुटान अंक विहीन रहदै बाहिरिएको छ ।

प्रतिक्रिया