Pura Samachar

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त

प्रकाशित: November 12, 2022
पूरा समाचार

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।

ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले नियमित कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो ।

नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ ।

प्रतिक्रिया