Pura Samachar

इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठ खेलहरु हुँदै

प्रकाशित: November 12, 2022
पूरा समाचार

इंग्लिस प्रिमियर लिग फुटबलमा आज  आठ खेलहरु हुँदै

काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार आठ खेलहरु हुँदैछन् । प्रिमियर लिगमा शनिबार आर्सनल, म्यानचेस्टर, लिभरपुल, चेल्सी, टोटेनहम लगायतका टोलीको खेल हुँदैछन् ।

शीर्ष स्थानको आर्सनलले उल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । आर्सनल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुनेछ । यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्नेछ । खेल साँझ ६ः१५ बजे सुरु हुनेछ ।

लिभरपुलले राति ८ः४५ बजेबाट साउथह्याम्पटनको सामना गर्नेछ । यसै समयमा हुने अन्य खेलमा एभर्टनले बर्नेमाउथ, टोटेनहमले लिड्स, लेस्टरले वेस्ट ह्याम र क्रिस्टल प्यालेसले नटिङघम फरेस्टको सामना गर्नेछ ।

त्यस्तै चेल्सीले न्युकासलसँग खेल्नेछ । न्युकासलको मैदानमा हुने खेल राति १०ः१५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया