Pura Samachar

सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु

प्रकाशित: November 12, 2022
पूरा समाचार

सर्लाहीको ईश्वरपुरमा  मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु

सर्लाही, सर्लाहीको ईश्वरपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा बयलवासबाट नाढीमन तालतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक चन्द्रनगर गाउँपालिका–६ का ३५ वर्षीय विजय मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि बयलवासस्थित एक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।मोटरसाइकलका चालक भने प्रहरी नियन्त्रणमा छन् ।

यस्तै, ईश्वरपुर नगरपालिका–५, सखुवनीमा ना ३८ प ९३२७ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सदा अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्सारीलाई पनि थप उपचारका लागि वीरगञ्ज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया