
काठमाडौं । पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
बेलुका ८ बजेर १२ मिनेटमा कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प ५ दशमलव १ म्याग्निच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गत बुधबार आएको भूकम्पमा परी डोटीमा ६ जनाले ज्यान गुमाएका थिए भने ५ जना घाइते भएका छन् । शनिबार रातिको भुकम्पको क्षति बारे भने विस्तृत विवरण आउन बाँकी छ
प्रतिक्रिया