Pura Samachar

लिभरपुलकाे जित

प्रकाशित: November 13, 2022
पूरा समाचार

लिभरपुलकाे जित

काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले हराएको हो ।

खेलको छैटौं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको नवौं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि लिभरपुलका डार्विन नुनेज नायक बने । खेलको २१ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई २-१ ले अग्रता दिलाए ।

खेलको ४२ औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

प्रतिक्रिया