Pura Samachar

भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित: November 13, 2022
पूरा समाचार

भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा शनिबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३१ प ७२६६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बी आर ३८ एन २२०२ नम्बरको कारले राति ९:२० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रतिक्रिया