Pura Samachar

सुनचाँदीको भाउ बढयाे

प्रकाशित: November 13, 2022
पूरा समाचार

सुनचाँदीको भाउ  बढयाे

काठमाडौँ / आइतबार सुनचाँदीको भाउ पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पछिल्लो केही दिनयता निरन्तर बढीरहेको सुनको भाउ आज आइतबार बढेर ९७ हजार ३०० रुपैयाँ पुगेको छ ।यसअघि प्रतितोला ९६ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको भाउ आज ६०० रुपैयाँ बढेको हो । यसैगरी यसअघि प्रतितोला ९६ हजार २०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज बढेर ९६ हजार ८०० रुपैयाँ पुगेको छ । यता, चाँदीको भाउ पाँच रुपैयाँ बढेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार २९५ रुपैयाँ रहेको चाँदी आज एक हजार ३०० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया