Pura Samachar

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

प्रकाशित: November 14, 2022
पूरा समाचार

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

पूर्वी अफ्रिकी मुलुक तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने २४ जनाको सकुशल उद्धार भएको छ। तान्जानियाको राजधानी दारएससलामदेखि बुकोबा शहरका लागि उडेको प्रिसिजन एअरको एटीआर–४२ कल साइनको विमान आइतबार कागेरा क्षेत्रस्थित भिक्टोरिया तालमा खसेको हो।

विमानमा चालक दलका चार सदस्यसहित ४३ जना सवार थिए। आकस्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको बताइएको छ। दुर्घटनाका समयमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

विमानमा सवार यात्रु रिचर्ड कोम्बाका अनुसार बुकोबा विमानस्थलमा अवतरण गर्नै लाग्दा अकस्मात मौसम खरब भएको थियो।त्यसपछि पाइलटले विमानलाई अर्को दिशातर्फ मोड्दा विमान तालमा खसेको हो।

प्रतिक्रिया