Pura Samachar

चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवा

प्रकाशित: November 14, 2022
पूरा समाचार

चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवा

चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ। उहरुका बीचमा बहुपक्षी विषयका साथै जलवायु परिवर्तनका विषयमा कुराकानी भएको बताइएको छ।

त्यस अवसरमा उहाँहरुका बीचमा विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ।

चीन संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका साथै विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा संयुक्त राष्ट्रसङ्घसँग निरन्तर सम्पर्कमा रहिरहने पनि प्रधानमन्त्री खछ्याङले जानकारी दिएका थिए।

तेस्रो विश्वका देशहरुलाई ऋण तथा अन्या आर्थिक सहायताका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले सहजीकरण गरिरहेको र यसमा अझै सहयोग पुर्याउनु पर्ने पनि सो अवसरमा चिनियाँ प्रधानमन्त्रीले जोड दिएका थिए।

त्यस भेटका अवसरमा महासचिव गुटरेसले विश्वमा जलवायु परिवर्तनका क्षेत्रमा पर्दै गएको असरका बारेमा चीनसँग आफ्ना धारणा राखेका थिए। यसतर्फ विश्वलाई नै सचेत गराउनुपर्ने आवश्यकता रहेकोमा महासचिव गुटरेसले चिनियाँ प्रधानमन्त्री खछ्याङ्को ध्यानाकर्षण गराएका थिए। तस्विर: सिन्ह्वा

प्रतिक्रिया