Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: November 16, 2022
पूरा समाचार

सुनको मूल्य बढयाे

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिन प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया