Pura Samachar

२४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: November 17, 2022
पूरा समाचार

२४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ७ सय  ७८ जनाको नमूना परीक्षण गरिएको थियो ।

७ सय ७८ जनाको पीसीआर  विधिबाट परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार १७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया