Pura Samachar

नेप्सेमा शेयर कारोबार रोकिएका मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी मंगलबारदेखि कारोबार खुल्ला हुने

प्रकाशित: November 18, 2022
पूरा समाचार

नेप्सेमा शेयर कारोबार रोकिएका मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी मंगलबारदेखि कारोबार खुल्ला हुने

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी मंगलबारदेखि कारोबार खुल्ला हुने भएको छ।

धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए।

सोही अनुसार आगामी मंगलबारदेखि यी दुई बैंकको आधारभुत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको  नेप्सेले जनाएको छ।

प्रतिक्रिया