Pura Samachar

काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्‍कर दिँदा एक दम्पतीको मिर्तु

प्रकाशित: November 19, 2022
पूरा समाचार

काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्‍कर दिँदा एक दम्पतीको मिर्तु

काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्‍कर दिँदा एक दम्पतीको ज्यान गएको छ । ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक कुमार राई र मोटरसाइकलमा सवार राईकी श्रीमती मेनुकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो ट्रकले ठक्‍कर दिएपछि उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया