Pura Samachar

मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी नरबहादुर कँडेलको निधन

प्रकाशित: November 19, 2022
पूरा समाचार

मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी नरबहादुर कँडेलको निधन

रुपन्देही मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी नरबहादुर कँडेलको निधन भएको छ.।

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स ९सिमेन्ट घोल्ने सवारी०ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो।

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया