Pura Samachar

भोलि फिफा विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्ने

प्रकाशित: November 19, 2022
पूरा समाचार

भोलि फिफा विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्ने

काठमाडौं । कतारमा आइतबारबाट सुरु हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल इटालीका रेफ्री डेनियल ओरसाटोले खेलाउने भएका छन् ।

फिफाले कतार विश्वकपको उद्घाटन खेलका लागि इटालियन रेफ्री ओरसाटोलाई चयन गरिएको जनाएको छ ।

विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्ने छन् ।

४६ वर्षीय रेफ्री ओरसाटो युरोपियन फुटबलका निकै अनुभवी रेफ्री हुन् ।

सन् २०१० बाट रेफ्री गरिरहेका उनी २०१८ को विश्वकपमा भिडियो अस्सिटेन्ट रेफ्री रहेका थिए ।

प्रतिक्रिया